२०८२, ६ माघ मंगलबार

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : राष्ट्रिय एजेण्डा आत्मसाथ गर्दै जनअपेक्षाअनुसार सरकार सञ्चालन

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : राष्ट्रिय एजेण्डा आत्मसाथ गर्दै जनअपेक्षाअनुसार सरकार सञ्चालन


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जनताको आकांक्षा अनुसार काम गर्न पूर्ण प्रतिबद्ध रहेको बताएकी छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सुशासन, पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, र विकासलाई सरकारको प्रमुख एजेण्डा बनाइएको उल्लेख गरिन् ।

उनले युवा पुस्ताले उठाएका रोजगारी, गुणस्तरीय जीवनस्तर र खुला सरकारजस्ता सवाललाई राष्ट्रिय एजेण्डाका रूपमा आत्मसाथ गर्दै सरकार अघि बढ्ने स्पष्ट पारिन् । “शासकिय आकांक्षा वा पदको लोभ होइन, देश संकटमा परेको बेला युवाको अनुरोधमा संक्रमणकालीन व्यवस्थापन गर्न प्रधानमन्त्री बनेकी हुँ,” उनले भनिन् । प्रधानमन्त्री कार्कीले संविधानको मर्मअनुसार लोकतान्त्रिक मूल्य, स्वतन्त्र न्यायपालिका, र सुशासन कायम गर्न सरकार दृढ रहेको बताउँदै, परिवर्तनशील समयसँगै जनअपेक्षा पनि परिवर्तन हुने भएकाले राज्य त्यसअनुसार सुधारमुखी बन्नु पर्ने धारणा राखिन् ।

उनको भनाइमा, संविधानको अक्षरभन्दा जनभावना अझ बहुआयामिक हुन्छ, जसलाई आत्मसात् गर्न राज्य तयार हुनुपर्छ।

प्रकाशित मिति : २०८२, ३ आश्विन शुक्रबार  ७ : ४९ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित