२०८२, २ फाल्गुन शनिबार

संविधानमाथि गम्भीर आक्रमण भइरहेको छ : अध्यक्ष ओलीको आरोप

संविधानमाथि गम्भीर आक्रमण भइरहेको छ : अध्यक्ष ओलीको आरोप


काठमाडौं । संविधान दिवसका अवसरमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको आरोप लगाएका छन्। आइतबार संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हालैका राजनीतिक र सामाजिक घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।

ओलीले संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै भने, “नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि निर्वाचित संविधानसभामार्फत बनाएको संविधान लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता र जनअधिकार सुनिश्चित गर्ने दस्तावेज हो।” उनले संविधान निर्माणका क्रममा भारतीय नाकाबन्दी र बाह्य दबाबको सामना नेपाली जनताको एकताले गरेको उल्लेख गर्दै, “नेपालको संविधान नेपाली जनताले आफ्ना लागि लेखेको भविष्यरेखा हो,” भने।

पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा जेन–जी आन्दोलनको नाममा हिंसात्मक गतिविधि भएकोप्रति आपत्ति जनाएका छन्। उनले शान्तिपूर्ण भनिएको आन्दोलनमा षड्यन्त्रकारी घुसपैठ भएको दाबी गर्दै भने, “यसले हिंसा मच्चायो र निर्दोष युवाको ज्यान लियो।” साथै, उनले प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको र सरकारबाट गोली चलाउने आदेश नभएको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए।

ओलीले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, राजनीतिक दलका कार्यालय, जनप्रतिनिधिका संस्था र नेताहरूको निजी सम्पत्तिमाथि आक्रमण भएको उल्लेख गरे। उनले यस्ता घटनालाई नेपालको संविधान र सार्वभौमसत्तामाथि सुनियोजित प्रहारको संज्ञा दिए।

“देश बिग्रिएको काल्पनिक भाष्य बनाएर आक्रोश फैलाउने प्रयास भइरहेको छ,” ओलीले भने, “तर समयले यसको उचित जवाफ दिनेछ।” उनले इतिहासबाट पाठ सिक्नुपर्ने भन्दै काजी भीम मल्लको उदाहरणसमेत प्रस्तुत गरे र भावनामा बगेर गरिएको निर्णयले पछुतो बाहेक केही नदिने चेतावनी दिए।

संविधान र राष्ट्रिय एकताको रक्षाका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिंदै ओलीले भने, “संविधान हाम्रो स्वतन्त्रताको कवच हो, सार्वभौमसत्ता हाम्रो अस्तित्व। संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।

प्रकाशित मिति : २०८२, ३ आश्विन शुक्रबार  ७ : ०५ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको