२०८२, २ आश्विन बिहीबार

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु


काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक वृद्धको मृत्यु भएको छ। साढे ५ बजेका समयमा बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको महानगर यातायातको बसले मुख्य सडकमा पैदलयात्रीलाई ठक्कर दिँदा ६८ वर्षीय जसबहादुर मगरको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी कार्यालय काठमाडौं उपत्यकाका एसपी दीपक गिरीले जानकारी दिएका छन् ।

मगरको स्थायी ठेगाना संखुवासभा भए पनि उनी हाल बनस्थलीमा बसोबास गर्दै आएका थिए। दुर्घटनापछि सुरक्षाकर्मीहरू घटनास्थलमा खटिई मृतकको शव सुरक्षार्थ राखिएको छ। एसपी गिरीका अनुसार अहिले कानुनी प्रक्रिया अगाडि बढिरहेको छ र प्रक्रिया पूरा भएपछि पोस्टमार्टमका लागि शव लगिनेछ। हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ८ : १७ बजे

अमेरिकाको पेन्सिलभेनियामा गोलीकाण्ड: तीन प्रहरीको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यमा बुधबार भएको एक भीषण गोलीकाण्डमा

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ।

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा