२०८२, १५ पुस मंगलबार

आफ्नो देशको समस्या लोकतान्त्रिक बिधी मार्फत देशभित्रैबाट खोजिनुपर्छः मनोजजंग थापा

आफ्नो देशको समस्या लोकतान्त्रिक बिधी मार्फत देशभित्रैबाट खोजिनुपर्छः मनोजजंग थापा


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले आफ्नो देशको समस्या लोकतान्त्रिक पद्धति मार्फत आफ्नै देशभित्र खोज्नु पर्ने बताउनु भएको छ ।
जेनजीको नाममा भएको आन्दोलन पछि भएको हत्या, आगजनी लुटपाटका घटनाप्रति दुःख व्यक्तगर्दै नेता थापाले सो कुरा बताउनु भएको हो ।
बुधवार साँझको कुराकानीका क्रममा नेता थापाले सुन्दर शान्त नेपाल बनाउने हामी सबैको चाहनालाई मुलुकको सामाथ्र्य सुदृढ गरेर पुरा गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले मूलुकको शासन सत्ता सञ्चालनका क्रममा नमिलेका मुद्धाहरुलाई लोकतान्त्रिक विधी र पद्धतिद्वारा आन्तरिक रुपमा आफ्नै देश भित्र खोजी गर्न सबैलाई अपील गर्नुभएको हो ।
शुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भारतीय स्वार्थमा बनेको बिबरणहरु सार्वजनिक भएका बेला एमाले सिन्धुलीका इन्चार्जसमेत रहेका थापाले आफ्नो देशको समस्या आन्तरिक रुपमै समाधान खोज्न आग्रह गरेका हुन् ।
राजनैतिक स्थिरता सुशासन तथा भ्रष्टाचार अन्त्यको शान्तिपूर्ण माग गर्दा उपद्रोहमा परेर ज्यान गुमाउने सबै नवयुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकाछन् ।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ९ : ०६ बजे

आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रको जरो एउटै हुन सक्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले समसामयिक राजनीतिक

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन