२०८२, १५ पुस मंगलबार

सरकारद्वारा असोज १ मा सार्वजनिक बिदा, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने

सरकारद्वारा असोज १ मा सार्वजनिक बिदा, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने


काठमाडौं । नेपाल सरकारले जेनजी पुस्ताद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज (बुधबार) का लागि देशभर राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सार्वजनिक सूचना जारी गर्दै सरकारले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नका लागि आजको दिनलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी दिएका हुन्।सूचनामा उल्लेख भएअनुसार, आज देशभरका सबै सरकारी कार्यालयहरू, साथै विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुनेछ। साथै, सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते नेपालभर सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।” जेनजी पुस्ताको प्रदर्शनका क्रममा उत्पन्न घटनाले देशव्यापी ध्यान तानिरहेको बेला सरकारको तर्फबाट गरिएको यो निर्णयलाई केहीले सकारात्मक रूपमा लिएका छन् भने केहीले यसको नीतिगत पाटोबारे प्रश्न उठाएका छन्।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ८ : ४९ बजे

आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रको जरो एउटै हुन सक्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले समसामयिक राजनीतिक

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन