२०८२, २० चैत्र शनिबार

बलिदानको धुवाँले झस्काएको राष्ट्र

बलिदानको धुवाँले झस्काएको राष्ट्र


देश फेरि एक पटक आँसु, आक्रोश र अपेक्षाको दोभानमा उभिएको छ। जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाएका नागरिकहरूको राष्ट्रिय सम्मानका साथ आर्यघाटमा गरिएको अन्त्येष्टिले हामीलाई एउटा गहिरो प्रश्न सोधेको छ -कतिन्जेल बलिदानको प्रतीक्षा ?

शव जलिरहेका थिए। आर्यघाट स्तब्ध थियो। मृतकका परिवार शोकमा विक्षिप्त थिए, शुभेच्छुकहरूको अनुहारमा पीडा र निराशा स्पष्ट थियो। यो कुनै व्यक्तिगत दुर्घटना थिएन, न त साधारण राजनीतिक घटनाक्रम। यो राज्य र जनताको बीचको सम्बन्धमा चिरा परेको क्षण थियो, जहाँ जनताले फेरि एकपटक आफ्नो आवाज सुनाउन जीवनको मूल्य चुकाए।

सरकारले मृतकलाई शहीद घोषणा, १५ लाख राहत, र राष्ट्रिय शोक दिवसको घोषणा गरेर समयअनुकूल निर्णय त लिएको हो। तर, के बलिदानको क्षतिपूर्ति पैसा र पदवीले हुन सक्छ ? शहीद घोषणाले मृतकप्रति कागजी सम्मान दिन सक्छ, तर त्यो सम्मान तब मात्र सार्थक हुन्छ जब त्यो बलिदानको कारण गहिरो आत्मसमीक्षा र संरचनात्मक सुधारमा रूपान्तरण हुन्छ।

जेन-जी आन्दोलन, चाहे जुन नाममा चलेको होस्, यसको मूल मर्म समावेशिता, न्याय र समान अवसरको माग हो। ती माग राजनीतिक दलीय लेनदेनले हैन, नागरिक अधिकार र मानवीय गरिमाका आधारमा सम्बोधन हुनुपर्छ। राज्यले त्यसको अर्थ बुझ्न सकेन भने यस्तो घटना फेरि दोहोरिन सक्छ।

सरकारले अझै समय गुमाइसकेको छैन। केवल सहानुभूतिपूर्ण वक्तव्य वा आर्थिक राहतले शान्ति आउँदैन। आवश्यक छ —

अन्त्यमा, आर्यघाटमा उडेको धुवाँ केवल चारजना सहिदहरूको अन्त्य मात्र होइन, त्यो धुवाँ राज्यको चेतनालाई झस्काउने संकेत हो। इतिहासले फेरि चेतावनी दिएको छ – जनताका आँसु बगिरहेछन्, तर विश्वास सुकिँदै छ।

र, जब जनताको विश्वास सुक्छ, त्यहाँ शासनको आधार नै चिर्न थाल्छ।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ५ : ५१ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।