२०८२, ३१ भाद्र मंगलबार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन


काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाको अनुगमन गरेका छन्। उनले गत भदौ २३–२४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि कार्यालयमा पुगी क्षति अवलोकन गरेका हुन्।

जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए, जसका कारण ट्राफिक प्रहरीको संरचना र सेवा प्रभावित भएको थियो।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री अर्यालले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गर्नु गलत कार्य भएको बताए। उनले भने, “देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न हुँदैन। हामी नेपाली हौं, यो हाम्रो मातृभूमि हो। जे-जस्तो कठिनाइ आए पनि सहनुपर्छ।”

उनले थपे, “अब भौतिक संरचनाको मात्र पुनर्निर्माण होइन, हाम्रो आचरण र पद्धतिको पनि पुनर्निर्माण हुन सक्छ। त्यसका लागि सबै सरोकारवालाको सहमति जुटाएर काम अघि बढाउनेछौं।”

मन्त्री अर्यालले ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माणको प्रक्रिया चाँडै सुरु गरिने जानकारी दिए। उनका अनुसार सबै सरोकारवाला निकायको समन्वयमा योजना अघि बढाइनेछ।

सञ्चारकर्मीले उठाएका प्रश्नहरूमा मन्त्री अर्यालले आन्दोलनको मूल भावना बुझ्नुपर्ने भए पनि त्यसको नाममा हिंसात्मक गतिविधि स्वीकार्य नहुने बताए।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ३ : २१ बजे

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पर्यटन मन्त्रालयको नेतृत्वका लागि चार नाम चर्चामा, को बन्ला मन्त्री ?

काठमाडौँ । देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सामूहिक शवयात्रा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका १० जना