२०८२, ५ कार्तिक मंगलबार

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ


जनकपुर । जनकपुरधाममा जारी जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको नेपाल प्रहरीको एसएलआर राइफल तथा ५० राउण्ड गोलीसहित उनीहरू पक्राउ परेका हुन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिष कुमार अधिकारी र २१ वर्षीय सन्तोष कुमार यादव रहेका छन्। उनीहरूलाई सिसिटिभी फुटेजको आधारमा चिनिएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटना जेनजी आन्दोलनको क्रममा भएको थियो। आन्दोलनकारीहरूको समूहले मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट गरेका थिए। त्यस क्रममा सुरक्षाका लागि खटिएको प्रहरीबाट एक थान एसएलआर राइफल लुटिएको थियो।

भाडाको घरमा सञ्चालनमा रहेको आयोगको कार्यालयमा चार वटा चारपाङ्ग्रे गाडी, चार वटा मोटरसाइकल, सिसिटिभी क्यामरा लगायतका संरचनामा तोडफोड र आगजनी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी छ। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ७ : २३ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,