२०८३, १ भाद्र मंगलबार

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो


काठमाडौं। प्रदर्शनको आडमा कार्यालयमा तोडफोड, आगजनी र डकैती भएको भन्दै निजी दूरसञ्चार कम्पनी एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा औपचारिक उजुरी दर्ता गरेको छ। उजुरीमा कम्पनीले २४ भदौमा जेनजी प्रदर्शनको क्रममा लैनचौरस्थित ‘एनसेल आइकन’ कार्यालयमा संगठित ढंगले अपराधिक गतिविधि भएको दाबी गरेको छ।

कम्पनीले प्रहरीलाई घटनाको विस्तृत विवरणसहित क्षतिको मूल्यांकन प्रतिवेदन तयार पार्ने प्रक्रियामा रहेको जानकारी दिँदै, सीसीटीभी फुटेजसमेत उपलब्ध गराएको छ। उजुरीअनुसार, प्रदर्शनका नाममा उपस्थित केही समूहले कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई धम्क्याएर कोठामा थुने, र त्यसपछि कार्यालयको सामान, कागजात, विद्युतीय उपकरण र सवारीसाधनमा आक्रमण गरेका थिए।

उजुरीमा उल्लेख भएअनुसार:

  • ग्राहक सेवा केन्द्र, रिसेप्सन र सबै तल्लाका कोठाहरूमा तोडफोड र आगजनी गरिएको,
  • कम्पनीको कम्प्युटर, प्रिन्टर, टेलिभिजन, फ्रिज, कफी मेसिन लगायत महँगा उपकरण डकैती गरी लगिएको,
  • सक्कल कागजात, अनुमतिपत्र, प्रमाणपूर्जा, नगद तथा सेफहरू लुटिएको,
  • कर्मचारीका लकर फोडी व्यक्तिगत सामान र गहना चोरेको,
  • मोटरगाडीहरू जलाइएको, केही बाहिर सडकमा निकालेर आगजनी गरिएको,

जस्ता क्रियाकलापमा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ।

संगठित अपराधिक कार्यको आरोप

एनसेलले उजुरीमा यो हमला योजनाबद्ध र संगठित अपराधिक समूहद्वारा गरिएको उल्लेख गर्दै, यो घटना आन्दोलनको नाममा लुकाइएका अपराधिक गतिविधिको उदाहरण भएको दाबी गरेको छ।

प्रहरी अनुसन्धानमा सक्रिय

प्रहरी स्रोतका अनुसार, एनसेलले बुझाएको सीसीटीभी फुटेजको विश्लेषण सुरु गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न फुटेज, प्रत्यक्षदर्शी र अन्य स्रोतहरूमार्फत अनुसन्धान जारी छ।

कम्पनीले माग्यो क्षतिपूर्ति र कारबाही

एनसेलले उजुरीमा माग गरेको छ कि:

  • संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याई हदसम्मको सजाय दिइयोस्,
  • डकैती, आगजनी र तोडफोडबाट भएको आर्थिक नोक्सानीको क्षतिपूर्ति दिलाइयोस्,
  • लुटिएको सामान फिर्ता गराउने प्रक्रिया अघि बढाइयोस्।

कम्पनीले हाल क्षतिको यकिन विवरण संकलन गर्ने काम जारी रहेको जानकारी पनि दिएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ६ : २१ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा