२०८२, १५ पुस मंगलबार

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ


काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ। प्रारम्भिक चरणमा तीन मन्त्रीको नाम टुंगो लागेको छ भने उनीहरूले भोलि बिहान शपथ ग्रहण गर्नेछन्।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, रामेश्वर खनाललाई अर्थ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृहमन्त्रालय (साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी) र कुलमान घिसिङलाई ऊर्जा मन्त्रालय दिइने भएको छ। स्रोतले भने अनुसार, “यो प्रारम्भिक सूची हो। उहाँहरूले पाउने मन्त्रालय थपिन पनि सक्छन्। उहाँहरूको पत्र बनिसकेको छ। शपथ भोलि बिहान हुनेछ।”

यो नियुक्ति प्रधानमन्त्री कार्कीको सरकारलाई प्रभावकारी बनाउन गरिएको प्रथम मन्त्रिपरिषद् विस्तार हो। सुशासन, प्रशासनिक दक्षता र ऊर्जा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर अनुभवी तथा प्राविधिक क्षमता भएका व्यक्तिहरूलाई मन्त्री बनाउने तयारी भएको जनाइएको छ।

रामेश्वर खनाल पूर्व प्रमुख सचिव तथा अनुभवी आर्थिक विज्ञ हुन्। ओमप्रकाश अर्याल पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हुन् भने कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकको रूपमा लोडसेडिङ अन्त्य गर्ने अभियानका लागि चर्चित छन्। राजनीतिक भागबण्डाभन्दा बाहिर रहेर विषयगत दक्षता भएका व्यक्तिहरूलाई मन्त्रीमा नियुक्त गर्ने प्रधानमन्त्री कार्कीको प्रयासलाई गुणस्तरीय नेतृत्व चयनतर्फको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : ४८ बजे

आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रको जरो एउटै हुन सक्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले समसामयिक राजनीतिक

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन