२०८३, १२ कार्तिक बिहीबार

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ


बनेपा : काभ्रेको बनेपा नगरपालिका-९ बाट प्रहरीले ७३० राउण्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका ९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, र १५ वर्षीय बालक रहेका छन् । यस्तै, बारा जिल्लाका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका २ का २१ वर्षीय तिमोथी तामाङ, र पनौती नगरपालिका १० का ३४ वर्षीय अछुत खड्का समेत पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ७३० राउण्ड गोली बरामद गरिएको छ । यति ठूलो परिमाणमा गोली बरामद हुनु अत्यन्तै संवेदनशील विषय भएको बताउँदै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, गोली कहाँबाट आयो, के प्रयोजनका लागि संकलन गरिएको थियो, र यिनीहरूको संगठित आपराधिक समूहसँग सम्बन्ध छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकाहरूमध्ये दुई जना नाबालक समेत रहेकोले बाल अधिकार ऐनअनुसार विशेष ध्यानसाथ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट केही अन्य आपत्तिजनक सामग्रीहरू पनि बरामद गरेको जानकारी दिएको छ, तर त्यसबारे विस्तृत विवरण भने दिइएको छैन। हाल सबै व्यक्तिहरू प्रहरी हिरासतमा रहेका छन् र उनीहरूमाथि हतियार तथा गोला बारुदसम्बन्धी कसूर अन्तर्गत कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पाभेल कुमार शाह

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  २ : २१ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली