२०८२, २३ फाल्गुन आईतबार

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

१८ जनाको भने आगलागी र करेन्ट लागेर मृत्यु


काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ। आन्दोलनमा घाइते भएकामध्ये थप चार जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको नेपाल प्रहरीले जनाएको हो।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार मृतकमध्ये जेनजी पक्षका २१ जना, कैदी ९ जना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित ३ जना र एक जना भारतीय नागरिक रहेका छन्।

आन्दोलनका क्रममा १८ जनाको भने आगलागी र करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हाल पनि केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  ९ : ३८ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै