२०८३, १ जेष्ठ शनिबार

पर्यटकीय हब ठमेल : चाडपर्वको सिजनमै आन्दोलनको छायाँ

पर्यटकीय हब ठमेल : चाडपर्वको सिजनमै आन्दोलनको छायाँ


काठमाडौं । सँधै चाडपर्वको मुखमा पर्यटक र स्थानीयले भरिभराउ हुने काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेल अहिले सुनसान छ। कोभिड–१९ महामारीपछिको सुधारोन्मुख पर्यटन उद्योग फेरि पनि राजनीतिक आन्दोलन र अस्थिरताले नराम्ररी प्रभावित भएको छ ।

ठमेल क्षेत्रका होटल, लज, रेष्टुरेन्ट, पब, दोहोरी साँझ, ट्राभल एजेन्सी तथा फुटपाथ व्यापारी अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छन्। विदेशी पर्यटक आउने ट्रेकिङ र पर्वतारोहणको सिजन सुरु भए पनि आन्दोलनका कारण धेरैले बुकिङ रद्द गरिरहेका छन् ।

“थोरै व्यापार चल्न थालेको थियो, अब केही सहज होला कि भन्ने आश थियो। तर आन्दोलनले फेरि बजार सुनसान बनाइदियो,” ठमेलका कपडा व्यवसायी जीवन रुवाली भन्छन्। उनले कोभिडपछिको झिनो सुधार पनि आन्दोलनले खेर गएको गुनासो गरे।

उनका अनुसार, “३० वर्षको व्यवसायिक जीवनमा थुप्रै संकट भोगेका छौं, तर यो जस्तो कठिन अवस्था चाडपर्वकै मुखमा पर्नु पीडादायक छ।”

कर्फ्यु र निषेधाज्ञाका कारण आवागमनमा रोक लगिएको छ, जसको सीधा असर ठमेलको व्यापारमा परेको छ। ग्राहक नहुदाँ व्यवसायीहरू दिनभर पसलमा खाली बसेर फर्किने गरेका छन्। यद्यपि, उनीहरू पसल बन्द गरेर पर्यटनमा गलत सन्देश जान नदिने मनसायले खुला राखिरहेका छन्।

कार्गो व्यवसायी दिनेश आचार्य भन्छन्, “दशकौंदेखि हामी आशामा छौं – आज राम्रो होला कि भोलि। तर द्वन्द्व, भूकम्प, कोभिड र अहिलेको आन्दोलनले क्रमशः हामीलाई धकेल्दै लगिरहेको छ। देशको राजनीतिक अन्योलले व्यवसाय फस्टाउन सकेको छैन।”

उनीहरूका अनुसार, देशमा भ्रष्टाचार, बेरोजगारी, युवाहरूको असन्तुष्टि जस्ता कारणले हालको आन्दोलन चर्किएको छ, जसको असर पर्यटनमात्र होइन, समग्र अर्थतन्त्रमा परेको छ।

तर ठमेलका व्यवसायीहरू आशावादी छन्। आन्दोलन सकिएपछि फेरि पर्यटन क्षेत्र चलायमान हुने विश्वास उनीहरूमा अझै बाँकी छ। “सम्पदाहरू सुरक्षित छन्, ट्रेकिङ रुटहरू जस्ताको तस्तै छन्, अब शान्ति फर्कियो भने पर्यटक पनि फर्किन्छन्,” व्यवसायीहरू विश्वासका साथ भन्छन्।

नेपाल सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर स्पष्ट नीति लिएर अघि बढ्नुपर्ने व्यवसायीहरूको माग छ। अन्यथा, ठमेल जस्तो विश्वप्रसिद्ध पर्यटकीय केन्द्रमा पनि शून्यता व्याप्त हुने चिन्ता बढ्दो छ।

रस्मिता गिरी / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार  ८ : ३६ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि