२०८३, १२ कार्तिक बिहीबार

हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द


काठमाडौं । देशभर फैलिएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु ठप्प भएका छन् । विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार आन्तरिक उडानमा बिहानदेखि यात्रु संख्या न्यून भएकाले धेरै उडानहरू बन्द भएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा भने काठमाडौं विमानस्थलमा अवतरण गर्नुपर्ने जहाजहरूले अवतरण गर्न अस्वीकार गरेपछि विमानस्थल पूर्ण रूपमा बन्द भएको छ। विदेशबाट आउने जहाजहरू अवतरण गर्न नसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न मुलुकमा हुने उडानहरू पनि प्रभावित भएका छन् ।

काठमाडौंको हिंसा बढेसँगै भारतका विभिन्न विमानस्थलहरूमा काठमाडौंका लागि आउने जहाजहरू अवतरण भएका छन् भने कतिपय जहाजहरू त सोही ठाउँ फर्किएका छन् ।

विमानस्थलको यस अवस्थाले यात्रुहरूमा व्यापक असुविधा परेको छ र त्रिविको संचालन कहिलेसम्म सामान्य अवस्थामा फर्किन्छ भन्ने अहिले निश्चित छैन ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  २ : २१ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली