काठमाडौं । काठमाडौंको भैंसेपाटीस्थित सरकारी क्वाटरबाट मन्त्रीहरूलाई बोकेको हेलिकप्टर भैरवनाथ गणमा अवतरण गरेको छ।
सुरक्षा कारणले मन्त्रीहरू र कतिपय वीआईपीलाई नेपाली सेनाको भैरवनाथ गणमा लगिएको जानकारी प्राप्त भएको छ । भैरवनाथ गण युद्धकालमा बन्दी राखिने ठाउँ भएकोले अहिले सुरक्षाका लागि उपयुक्त मानिएको छ । सरकारी स्रोतहरूले बताएका छन् कि अधिकांश मन्त्रीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ भने केहीलाई अन्य सुरक्षित क्षेत्रहरूमा राखिएको छ । यो घटनाक्रमका क्रममा अपरान्ह २ बजेसम्म काठमाडौंका धेरै स्थानहरू सुरक्षाकर्मीहरूको नियन्त्रणबाट बाहिर पुगेका छन् ।
अहिले भने घटनाको थप विवरण आउन बाँकी रहेको छ र सुरक्षा अवस्था पनि तनावपूर्ण देखिएको छ ।
प्रतिक्रिया