२०८२, ६ माघ मंगलबार

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई जानकारी गराउँदै अध्यक्ष पदबाट हटेको घोषणा गरेका हुन्।

कडरियाले सरकारले जेएनजिओ प्रदर्शनलाई दबाउने प्रयास गरिरहेको र आजको दिन ‘विद्यार्थी राजनीतिको शिर ढलेको दिन’ भएको बताएका छन्। उनले भने, “विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरूले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेनन्।”

उनले आफ्नो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल भएको महसुस गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। कडरियाले लेखेका छन्, “समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु।”

राजीनामासँगै उनले वर्तमान सरकारले जनताको भावना विपरित आन्दोलन दबाउन खोजिरहेको प्रज्ञाभुती भएको पनि औँल्याए र यसले भयावह नतिजा निम्त्याउने चेतावनी दिए।

सुजन कडरियाको राजीनामा नेपाली विद्यार्थी राजनीतिमा एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ। उनको यो निर्णयले विद्यार्थी आन्दोलन र राजनीतिको भविष्यमा गम्भीर प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  २ : ०४ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित