२०८२, ८ कार्तिक शुक्रबार

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी


काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी लगायत विभिन्न सहरहरूमा प्रदर्शन, तोडफोड र आगजनीका घटनाहरू चर्किंदै गएका छन् । आन्दोलनकारीहरूको मुख्य निशाना राजनीतिक दलहरूका शीर्ष नेताहरू, मन्त्रीहरू र तिनका कार्यालयहरू बनेका छन् ।

आज दिउँसो ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनकारीहरूको भीडले कार्यालयको गेट, साइनबोर्ड, र भवनको केही भागमा क्षति पुर्‍याएको छ । कार्यालय परिसरभित्र पार्क गरिएका केही गाडीहरूमा समेत आगजनी गरिएको प्रारम्भिक जानकारी छ ।

सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरे पनि भीड अत्यन्त आक्रोशित भएकाले तनावपूर्ण अवस्था सिर्जना भएको थियो । केही समयको झडपपछि प्रहरीले अश्रुग्यास प्रयोग गरी भीड तितरबितर गरेको थियो ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  १२ : ५१ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले