२०८२, १५ पुस मंगलबार

जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो

जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो

ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९


काठमाडौं । हिंसात्मक बनेको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

यससँगै उपत्यकाका विभिन्न अस्पतालहरूमा मृत्यु हुनेको संख्या १७ पुगेको हो। ट्रमा सेन्टरमा मात्रै मृतकको संख्या ९ पुगेको छ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारीहरू गम्भीर घाइते भएका थिए र विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हुन्।

मृत्यु हुनेहरूको अस्पताल अनुसार विवरण यस प्रकार छ:

  • ट्रमा सेन्टरमा ९ जना
  • सिभिल अस्पतालमा ३ जना
  • केएमसी अस्पतालमा १ जना
  • त्रिवि शिक्षण अस्पतालमा १ जना
  • एभरेष्ट अस्पतालमा ३ जना

अहिलेसम्म कुल १७ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ५ : १८ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा