२०८२, १५ पुस मंगलबार

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, जेनजी प्रदर्शनमा मृतक संख्या १४ पुगेको छ

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, जेनजी प्रदर्शनमा मृतक संख्या १४ पुगेको छ

घाइतेहरूको यकिन संख्या र अवस्था भने अहिलेसम्म स्पष्ट भएको छैन


काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेनजी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका एक प्रदर्शनकारीको सिभिल अस्पतालमा मृत्यु भएको छ। यससँगै प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतले जनाएको छ कि उपत्यकाका विभिन्न अस्पतालहरूमा १४ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। दिउँसो साढे ३ बजेसम्ममा १३ जनाको मृत्यु भइसकेको थियो।

मृत्यु हुनेहरूको विवरण यस प्रकार छ :

  • ट्रमा सेन्टरमा ६ जना
  • सिभिल अस्पतालमा ३ जना
  • केएमसी अस्पतालमा १ जना
  • त्रिवि शिक्षण अस्पतालमा १ जना
  • एभरेष्ट अस्पतालमा ३ जना

घाइतेहरूको यकिन संख्या र अवस्था भने अहिलेसम्म स्पष्ट भएको छैन।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ४ : ०४ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा