२०८२, १८ मंसिर बिहीबार

काठमाडौंमा जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर ८ जनाको मृत्यु

काठमाडौंमा जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर ८ जनाको मृत्यु


काठमाडौं । जेन जी आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोलीबाट प्रदर्शनकारीहरूको ज्यान गएको हो ।

प्राप्त जानकारीअनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा ५ जना, सिभिल अस्पतालमा २ जना, र एक जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार मृतकहरूको मुचुल्का उठाउन प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको छ । मृतकको पहिचान खुलाउने काम जारी छ ।

यसबीच, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति तोडफोड भएमा रबरको गोली चलाउन आदेश दिएको खुलेको छ। तर आजको घटनामा प्रहार गरिएको गोली रबरको हो वा प्राणघातक, भन्नेबारेमा अझै स्पष्ट जानकारी आएको छैन । सार्वजनिक स्थानहरूमा अझै पनि तनावपूर्ण अवस्था कायम रहेको छ भने प्रदर्शनकारीहरू र सुरक्षाकर्मीहरूबीच झडप जारी छ ।

सरकारसँग आन्दोलनकारी पक्षले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ३ : ५३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको