२०८२, १९ मंसिर शुक्रबार

एमालेमा नयाँ ऊर्जा, ओली नेतृत्वमा पार्टी एकतामा जोड

एमालेमा नयाँ ऊर्जा, ओली नेतृत्वमा पार्टी एकतामा जोड


काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले पार्टीलाई नयाँ उर्जा र एकताको सन्देश दिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई थप सशक्त बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ ।

महाधिवेशनले विधान संशोधनमार्फत अध्यक्षमा लाग्ने ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाएको छ, जसले ओलीलाई पुनः नेतृत्व गर्न सक्ने वैधानिक बाटो खुलाएको छ। यसले पार्टीभित्र एकता र स्थिरता कायम राख्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ । सातै प्रदेशका अध्यक्ष तथा समूहगत नेताहरूले पार्टी एकतामाथि जोड दिँदै ओली नेतृत्वलाई निरन्तरताको पक्षमा प्रतिवेदन पेस गरेका छन् । सुदूरपश्चिमका कृष्णप्रसाद जैशीले नेतृत्वमा ओलीभन्दा उपयुक्त विकल्प नरहेको स्पष्ट पारेका छन् भने कर्णालीका गुलाबजंग शाहले पार्टीको नेतृत्व थप स्थापित गर्ने समय आएको बताएका छन् ।

लुम्बिनीका राधाकृष्ण कँडेलले नेपाली समाजवादको निर्माणका लागि पार्टी एकमत भएर अघि बढ्नुपर्ने बताए। गण्डकीका मीनप्रसाद गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्न स्पष्ट मार्गनिर्देशन भएको बताएका छन् । मधेसका चन्द्रेश्वर मण्डलले देश र पार्टीमाथि भइरहेको चुनौतीका बेला ओली नेतृत्वलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए भने कोशीका घनश्याम खतिवडाले विधान संशोधनलाई व्यापक समर्थन रहेको जानकारी दिए ।

महाधिवेशनबाट प्राप्त सुझाव र प्रतिवेदनलाई पार्टी नेतृत्वले सम्बोधन गर्दै आगामी दिनमा एमालेलाई समृद्ध र प्रगतिशील बनाउने दिशामा अग्रसर गराउने प्रतिबद्धता जनाएको छ । यो महाधिवेशनले एमालेभित्र नयाँ ऊर्जा थप्दै देशको राजनीतिक स्थिरता र विकासमा पनि योगदान पुर्‍याउने आशा गरिएको छ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ७ : ४० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको