२०८२, ६ माघ मंगलबार

प्रधानमन्त्री ओलीः “म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ”

प्रधानमन्त्री ओलीः “म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ”


ललितपुर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेप्न सकिन्न भन्दै कडा प्रतिक्रिया जनाएका छन् । आइतबार दोस्रो विधान महाधिवेशनको अन्तिम दिन कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियता र स्वाभिमानको पक्षमा दृढ अडान दोहोर्‍याए ।

ओलीले भने, “मलाई जति सुकै हेपियोस् म हेपिन तयार छु र सहन्छु। तर देशलाई हेपेको सहन्नँ। देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पुर्‍याउन पाइँदैन ।” उनले समसामयिक विषयलाई लिएर प्रतिनिधिलाई सम्बोधन गर्दै सामाजिक सञ्जालसम्बन्धी आफ्ना धारणा पनि प्रस्ट पारे। उनले भने, “हामी वाक स्वतन्त्रताका लागि बलिदान दिएका हौं । त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु छ भनेर कसैमा भ्रम नपरोस् । सामाजिक सञ्जाललाई कानून बमोजिम दर्ता हुन, कर तिर्न एक वर्षदेखि भनेका छौं। तर अटेरी गरिरहेका छन् ।”

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध उठेका आलोचनालाई ओलीले आधारहीन र भ्रमपूर्ण भने । “मुलुकको स्वाधीनता र राष्ट्रियताको लागि सरकारले सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि आग्रह गरिरहेको छ। कानूनको दायरामा आउन नआएपछि मात्र सञ्चालनमा रोक लगाइएको हो । तर विरोध गर्ने केही बुद्धिजीवीहरूले वाक स्वतन्त्रताको अर्थ नै बुझेका छैनन्,” उनले भने ।

केहीले ‘जेनजी पुस्ता’लाई सामाजिक सञ्जाल बन्दविरुद्ध विद्रोह गराउने प्रयास गरेको बताउँदै ओलीले भने, “जेनजी पुस्ता देशलाई माया गर्छ । देशको कानून बुझ्छ। जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी हो ।”

प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनता सम्बन्धी विषयलाई क्षणिक स्वार्थमा नलाग्न अनुरोध गर्दै एकताबद्ध हुन आव्हान गरे ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ४ : ०९ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित