२०८२, २६ चैत्र शुक्रबार

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर स्वदेश फिर्ता हुँदैछन् । उनी साङ्घाई सहयोग सङ्गठन (SCO) को शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए ।

प्रधानमन्त्री ओलीले २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुका साथै सम्मेलनलाई सम्बोधन गरे । नेपाल सन् २०१६ देखि SCO को संवाद साझेदार रहँदै आएको छ। सो सङ्गठनमा चीन, रूस, भारत, पाकिस्तान लगायत १० देश पूर्ण सदस्य छन्, भने नेपालसहित १५ देश संवाद साझेदारका रूपमा आवद्ध छन् । प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा रूस, माल्दिभ्स, कम्बोडिया, लाओस र भियतनामका प्रमुख नेताहरूसँग पनि भेटवार्ता गरेका थिए ।

भ्रमणमा प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, मन्त्रीहरू, सांसद, सल्लाहकारहरू तथा उच्चस्तरीय सरकारी प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित मिति : २०८२, १८ भाद्र बुधबार  ९ : २४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि