२०८३, ३१ श्रावण सोमबार

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच भेट, आर्थिक सहकार्यमा जोड

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच भेट, आर्थिक सहकार्यमा जोड


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा आर्थिक सुधार, पूर्वाधार विकास, लगानी प्रवर्द्धन, वातावरण र पर्यटनका विषयमा छलफल भएको थियो ।

अर्थमन्त्री पौडेलले नेपालले नीति र कार्यान्वयनमा सुधार गरेको भन्दै विश्व बैंकसँग मिलेर विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए। उनले वैकल्पिक विकास वित्त विधेयकबारे जानकारी दिँदै निजी क्षेत्रसँगको सहकार्यमा जोड दिए ।

उपाध्यक्ष जुटले नेपालमा आर्थिक वृद्धि दर उच्च राख्न विश्व बैंक सहयोग गर्न तयार रहेको बताए। उनले पूर्वाधार, प्रदूषण न्यूनीकरण र निजी क्षेत्रको सहभागिता आवश्यक रहेको भन्दै लगानी र उत्पादकत्व वृद्धि गर्न सुझाव दिए ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार  १ : ५३ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा