२०८२, ६ माघ मंगलबार

चीनमा ओली-पुटिन २५ मिनेट एक्लाएक्लै नेपाली परराष्ट्र नीतिको सारथिको खोजी

चीनमा ओली-पुटिन २५ मिनेट एक्लाएक्लै नेपाली परराष्ट्र नीतिको सारथिको खोजी


काठमाडौं । शाङ्घाइ सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग २५ मिनेटको एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

यो भेट ‘अनौपचारिक’ जस्तो देखिए पनि त्यसले गहिरो कूटनीतिक संकेत बोकेको छ । खासगरी नेपालजस्तो सानो मुलुकका प्रधानमन्त्रीले पुटिनजस्तो शक्तिशाली नेता संग एकान्तमा वार्ता गर्नु आफैँमा असाधारण कुरा हो । नेपाल सरकार भने यो विषयमा औपचारिक मौनतामै छ। न कुनै संयुक्त वक्तव्य, न त वार्ताको मुख्य बुँदाबारे कुनै जानकारी। यस्तो ‘ब्ल्याक बक्स डिप्लोमेसी’ले परराष्ट्र नीतिको पारदर्शिता र उत्तरदायित्वमा गम्भीर प्रश्न उठाएको छ ।

चीनको भूमिमा, रूससँग संवाद के सन्देश ?

ओलीले पुटिनसँगको यो संवाद चीनमा बसेर गर्नुको पछाडि बहुस्तरीय संकेत छन् । एकातिर, नेपालले आफूलाई क्षेत्रीय शक्तिहरूबीचको सन्तुलनकारीु देखाउन खोजेको छ भने अर्कातिर, यो भेटले रूससँग सम्बन्ध गाँस्ने रणनीतिक संकेत पनि दिन्छ । यसरी चीनको भूमिमा बसेर ओली-पुटिन भेट हुनु, भारत र अमेरिका–प्रभावित परराष्ट्र रणनीतिमा हल्का तर स्पष्ट धक्का हो ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार  १० : ३० बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित