२०८३, १२ कार्तिक बिहीबार

पूर्वमन्त्री पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माण’ आज सार्वजनिक गरिँदै

पूर्वमन्त्री पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माण’ आज सार्वजनिक गरिँदै


काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक आज लोकार्पण गरिने भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी काठमाडौंले आज सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा विशेष कार्यक्रम आयोजना गरी उक्त पुस्तक लोकार्पण गर्न लागेको हो । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा आयोजना हुने कार्यक्रम आज बिहान ११ बजदेखि सुरू हुने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टी महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने र उनैले सो पुस्तक लोकार्पण गर्ने नेकपा एमाले जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

उनका अनुसार पुस्तकको टिप्पणी गर्न पार्टीका उपमहासचिव एवम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली सहभागी हुने छन् । नेपाली बाम आन्दोलन, सङ्गठन निर्माण, वैचारिक विकास, जनवादी अभ्यास र आफ्नो अनुभवका आधारमा उक्त पुस्तक तयार पारिएको लेखक आनन्द प्रसाद पोखरेलले बताए । उनले यो पुस्तक व्यक्तिगत प्रयास मात्र नभइ सामूहिक संलग्नता, वैचारिक सहकार्य र समर्पणको साझा अभिव्यक्ति भएको पनि बताएका छन् ।

निरङ्कुश राजतन्त्र र निर्दलीय अन्धकार चिर्दै आमूल परिवर्तनका लागि जीवनमरणको बाटो हिँडेका कम्युनिष्ट अग्रजहरू, वर्ग सङ्घर्षको आँधीबेहरीमा सहादत प्राप्त गर्ने सहिदहरू र समाज रुपान्तरणका स्वप्नद्रष्टा क्रान्तिकारी योद्धाहरू तथा न्यायप्रेमी जनताप्रति आफ्नो पुस्तक समिर्पित रहेको उनले जानकारी दिए । पुस्तकमा कम्युनिष्ट पार्टी निर्माणको आधारदेखि सामन्ती अवशेषको अन्त्य र समाजवादको आधार निर्माणसम्मका विषयवस्तुलाई सशक्त ढङ्गबाट प्रस्तुत गर्ने प्रयत्न गरिएको लेखक पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार  ११ : ३४ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली