२०८२, १० कार्तिक आईतबार

भियतनामका उपराष्ट्रपति नेपाल आउँदै

भियतनामका उपराष्ट्रपति नेपाल आउँदै


काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म रहने छन् । उनले भ्रमणको क्रममा, दुई उपराष्ट्रपतिले २४ अगस्ट २०२५ मा काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

यसका साथै, उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने यो वर्ष विशेष महत्वको छ । उपराष्ट्रपति सुआन २५ अगस्ट २०२५ मा काठमाडौंबाट हनोई प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २०८२, ७ भाद्र शनिबार  ९ : ५४ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने