२०८२, ७ माघ बुधबार

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का


सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग शान्ता खत्री ट्रष्टले महिलाहरुलाई आमन्त्रण गरेर बिगत वर्षमाझैं यस वर्ष पनि भव्य तीज कार्यक्रमको आयोजना गरेको हो ।
नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रचना खड्काको प्रमुख आतिथ्यता एवम् ट्रष्टकी प्रमुख शान्ता खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा ७ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै महिला नेतृ खड्काले तीज पर्व स्वतन्त्रताको पर्व भएकाले सम्पूर्ण नेपाली महिलाहरुले यसलाई अधिकार प्राप्तीको पर्वको रुपमा बनाउन थालेको बताएकी छिन् । आफ्‌नो अधिकारका लागि पार्वतीले आफूले रोजेको मान्छेसँग बिवाह गर्न पाउनुपर्छ भन्दै बिद्रोह गरेको कुरा सामान्य नभएको प्रसंग उल्लेखगर्दै उनले महिला अधिकार प्राप्ती र रक्षाका लागि यस्तो पर्वले उत्प्रेरणा प्रदान गरेको बताइन् । उनले छोरीहरुलाई दाजुभाईले बोलाएरपछि माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको बताउँदै विगतको हाम्रो संस्कार र संस्कृति सकारात्मक परिवर्तन तर्फ अग्रसर भइरहेको उल्लेख गरिन् ।


कार्यक्रमलाई सम्वोधनगर्दै नेकपा एमालेका केन्द्रीय सदस्य गणेशकुमार पहाडीले नेपाली महिला मुक्ति आन्दोलनमा तीज जस्ता पर्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सामाजवादी राज्य व्यवस्था स्थापना भएपछि मात्रै महिला अधिकारले पूर्णता पाउने बताए ।
अर्का केन्द्रीय सदस्य कमलजंग राईले महिला आन्दोलनको एतिहासिक पृष्ठभूमि र अहिलेको अबस्थाका विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा अतिथिका रुपमा वोल्दै अनेमसंघ सिन्धुलीकी अध्यक्ष शान्ता पाख्रिनले सिन्धुलीको महिला आन्दोलन र अहिलेको अबस्थाका विषयमा प्रष्ट पारेकी थिइन् । अध्यक्ष पाख्रिनले जिल्ला भरका महिलाहरु भेला गराएर तीज विशेष कार्यक्रमको आयोजना गरेकोमा एमाले नेता खत्रीलाई धन्यवाद दिएकी थिइन् ।


त्यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ सविता कोइरालाले सिन्धुलीको माइतीका रुपमा स्थापित हुनुभएका कमलामाईका तत्कालिन नगरप्रमुख खड्ग खत्रीलाई धन्यवाद दिंदै सिन्धुलीको महिला आन्दोलनमा सबै महिला नेतृहरु एकाकार भएर अगाडि बढेको बताइन् । उनले महिलाले सम्पूर्ण अधिकार प्राप्त गर्नका लागि समाजवादी राज्यसत्ता स्थापना अनिवार्य भएको बताइन् ।


नेपाल महिला संघकी नेतृ गंगा दाहालले महिला अधिकार आन्दोलनमा तीज जस्ता कार्यक्रमले सहयोग पुर्‍याएको बताउँदै राजनैतिक पूर्वाग्रह बिना सबै आमा दिदी बहिनीहरुलाई बोलाएर माइति भएको अनूभूति दिलाउनु भएकोमा तत्कालिन नगरप्रमुख खड्ग खत्रीलाई धन्यवाद दिइन् । उनले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तर दिएर सिन्धुलीका महिलाहरुको माइती बनिरहन सुझाइन् ।
नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रस्मिला देवकोटाले महिला अधिकार रक्षाका लागि सम्पूर्ण महिलाहरु संगठित भएर अगाडि बढ्न आग्रह गरेकी थिइन् । कार्यक्रममा सिन्धुलीका ९ वटै स्थानीय तहबाट महिला नेतृहरु सहभागि रहेका थिए ।
यसैबीच आयोजक संस्था खड्ग शान्ता ट्रष्टका संरक्षक खड्ग खत्रीले कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफ्‌नो निमन्त्रणालाई स्वीकार्दे आउनुहुने आमा दिदी र बिहिनीहरुको माइतीको अनुभूति गर्न पाएकोमा आफूलाई गर्व लागेको बताए ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ९ : ५५ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित