२०८२, ७ माघ बुधबार

नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक : सरकार परिवर्तन हल्ला असत्य

नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक : सरकार परिवर्तन हल्ला असत्य


काठमाडौँ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। बैठक जिल्ला कमिटी अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षता, जिल्ला इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्य र रक्षा मन्त्री मानवीर राईको विशेष उपस्थितिमा बसेको हो।

बैठकमा विधान संशोधन प्रस्ताव र अन्तरपार्टी निर्देशन १२ विषयमा बृहत छलफल हुँदै संकलित सुझावलाई लिखित रूपमा केन्द्रमा पठाउने निर्णय गरिएको सचिव कल्पना राईले जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज अधिकारीले “सरकार परिवर्तन हुने कुरा केवल हल्ला मात्र भएको, पार्टी कार्यकर्ताले भ्रममा पर्न नहुने” चेतावनी दिनुभयो। उहाँले तोकिएको अवधिभित्र संशोधनका सुझाव संकलन गरी केन्द्रमा पठाउन निर्देशन पनि दिनुभयो।

विशेष अतिथि रक्षा मन्त्री राईले “देशी–विदेशी शक्तिहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीलाई कमजोर बनाउन गरेको प्रयास विफल भएको, पार्टी अझ बलियो र अडिग छ” भन्दै एमालेलाई अस्थिर बनाउन कसैले नसक्ने दाबी गर्नुभयो। साथै, पूर्व राष्ट्रपतिको भूमिकाबारे उठेका चर्चासम्बन्धी प्रसङ्गमा उहाँले “राष्ट्रपति पद देशको सर्वोच्च ओहदा भएकाले सम्मानित पदमै रहनु जरुरी” भएको प्रष्ट पार्नुभयो।

जिल्ला अध्यक्ष बास्तोलाले “पार्टीभित्र कुनै समस्या नरहेको, केन्द्रदेखि वडा तहसम्म संगठनलाई सक्रिय र मजबुत बनाउन सबै जिम्मेवार बन्नुपर्ने” चेतावनी दिनुभयो । भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रहेको जिल्ला कमिटीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ९ : ४५ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित