२०८२, ७ माघ बुधबार

देउवाको दाबी : ‘चुनाव कहिल्यै हारेको छैन, प्रधानमन्त्री जनताले बनाएका हुन्’

देउवाको दाबी : ‘चुनाव कहिल्यै हारेको छैन, प्रधानमन्त्री जनताले बनाएका हुन्’


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले अहिलेसम्म कुनै निर्वाचन नहारेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित स्वर्गीय प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पदमा पुग्नु आफ्नै मात्र प्रयास नभई जनताको समर्थन र राजनीतिक सहयोगको परिणाम भएको बताएका छन् ।

“कति प्रधानमन्त्री भइरहेको भन्छन्, जनताले भोट हाल्छन् मैले के गर्ने?” देउवाले व्यंग्यात्मक शैलीमा भने, “पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो। त्यसकारण म एउटा सौभाग्यशाली व्यक्ति पनि हुँ ।” उनीमाथि बारम्बार प्रधानमन्त्री बन्ने आलोचना हुँदै आएको सन्दर्भमा देउवाले आफू जनताबाट निरन्तर समर्थन पाइरहेको तर्क गरे। उनले जनतालाई देशका मालिक भनेका छन् र नेताहरू जनताको सेवा गर्नुपर्नेमा जोड दिएका छन् । उनको भनाइ अनुसार, राजनीति कुनै व्यक्तिको आकांक्षाले मात्र चल्ने होइन, जनताको मत र लोकतान्त्रिक प्रक्रियाले नेताहरूलाई जिम्मेवारी दिन्छ । “यहाँ धेरै साथीहरूले मेरै कुरा उठाउनुभयो। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने?” देउवाले हँसिलो मुद्रामा भने।

स्व. प्रदीप गिरीको योगदानको स्मरण गर्दै देउवाले गिरीजस्तो विचारशील नेताको अभाव नेपाली राजनीतिमा सदैव खट्किने उल्लेख गरे।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ६ : ५३ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित