२०८३, १२ कार्तिक बिहीबार

ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग ट्रम्पको वार्ता

ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग ट्रम्पको वार्ता

वार्ता लगत्तै पुटिनलाई त्यहीँबाट ट्रम्पको फोन


वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपका सातजना राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग संयुक्त बैठक गर्दै रुस–युक्रेन युद्ध अन्त्यका सम्भाव्य उपायबारे व्यापक छलफल गरेका छन् ।

ह्वाइट हाउसमा सम्पन्न उच्चस्तरीय वार्तापछि राष्ट्रपति ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सोझै फोन गरेर बैठकमा भएका प्रमुख निर्णयबारे जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै नेताबीच करिब ४० मिनेट संवाद भएको थियो ।

द्विपक्षीय र त्रिपक्षीय वार्ताको घोषणा

छलफलपश्चात राष्ट्रपति ट्रम्पले पुटिन र जेलेन्स्कीबीच चाँडै नै द्विपक्षीय वार्ता हुने घोषणा गरेका छन् । उनले उक्त वार्तापछि आफू पनि सहभागी हुने त्रिपक्षीय बैठकको तयारी भइरहेको बताएका छन् । अमेरिकाको प्रमुख पत्रिका न्यूयोर्क टाइम्सले ट्रम्पको उद्धरण दिँदै यस्ता कूटनीतिक प्रयासहरू युद्ध अन्त्यतर्फको निर्णायक मोड हुनसक्ने जनाएको छ ।

युरोपेली नेताहरूको संलग्नता

उक्त संयुक्त वार्तामा बेलायतका प्रधानमन्त्री कीअर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटलीकी प्रधानमन्त्री जोर्जिया मेलोनी, फिनल्याण्डका प्रधानमन्त्री अलेक्जान्डर स्टब्सलगायत युरोपेली नेताहरू सहभागी थिए। उनीहरूले युक्रेनप्रति ऐक्यबद्धता जनाउँदै रूसविरुद्ध स्पष्ट रणनीति अपनाउनुपर्नेमा जोड दिएका थिए ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने, “म पुटिनलाई शान्ति चाहिएको छ भन्नेमा विश्वस्त छैन। उनको लक्ष्य अझै भूभाग कब्जा गर्ने र युक्रेनलाई कमजोर बनाउने नै हो ।”

सुरक्षा ग्यारेन्टी र आर्थिक सहायता विषयक छलफल

राष्ट्रपति जेलेन्स्कीले पत्रकार सम्मेलनमा युक्रेनले भविष्यमा रसियाबाट पुनः आक्रमण नहोस् भन्ने सुनिश्चितताका लागि सुरक्षा ग्यारेन्टी खोजिरहेको बताए । उनले युरोपेली सहयोगमार्फत ९० अर्ब अमेरिकी डलर बराबरको हतियार खरिदबारे पनि छलफल भएको जानकारी दिए । त्यस्तै, युक्रेनमै ड्रोन उत्पादन गर्ने र त्यसमा अमेरिकाले समेत लगानी गर्ने प्रस्तावबारे छलफल भएको उनले खुलाए । यद्यपि, ‘सुरक्षा ग्यारेन्टी’सम्बन्धी औपचारिक सम्झौता अझै नभएको र आगामी १० दिनभित्र सहमति हुने आशा गरिएको छ ।

पुटिनप्रतिको गहिरिँदो अविश्वास

कैयौं युरोपेली नेताहरूले पुटिनका दीर्घकालीन उद्देश्यमाथि आशंका प्रकट गरेका छन् । उनीहरूले चेतावनी दिँदै भनेका छन्, “यदि पुटिनलाई युक्रेनमै रोक्न सकिएन भने, उनले अन्य युरोपेली भूमिमाथि पनि आक्रमणको प्रयास गर्न सक्छन् ।”

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ९ : १९ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली