२०८२, १८ चैत्र बिहीबार

रास्वपा बर्खाको खहरेजस्तै, सुक्छ र हराउँछ : अर्थमन्त्री पौडेलको कडा टिप्पणी

रास्वपा बर्खाको खहरेजस्तै, सुक्छ र हराउँछ : अर्थमन्त्री पौडेलको कडा टिप्पणी


पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘बर्खाको खहरे जस्तै हो, सुकेर जान्छ’ भनी कडा आलोचना गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले रास्वपाको राजनीतिक अस्तित्व मेटिने अवस्थामा पुगेको स्पष्ट पार्नुभयो । पौडेलले प्रतिगामी र देशविरोधी तत्वहरू अहिले पूर्ण रूपमा किनारामा पुगिसकेको र उनीहरूको भविष्य समाप्त भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “प्रतिगामी एजेन्डा बोकेका अब कहिल्यै उठ्ने छैनन्। समय र शक्ति बेकारमा खेर फालिरहेका छन् ।”

उहाँले थपे, एमाले र काँग्रेस मात्रै देश र जनताको हितमा काम गर्ने वास्तविक पार्टीहरू हुन् र अहिलेको सरकार स्थिर रहेको बताउँदै “यो सरकार कहिल्यै ढल्दैन, जसले देशलाई अस्थिर पार्न खोज्छन् उनीहरू नाकाम हुनेछन्” भने । माओवादीहरूले देशलाई अस्थिर पार्ने सबै प्रयासहरू विफल भएको र दुई ठूला दलले निर्माण गरेको सरकारले अस्थिरता अन्त्य गरेको पौडेलको भनाइ छ। राजनीतिक दृष्टिकोण र स्पष्ट एजेन्डा नभएका पार्टीहरूले मात्र अस्थिरता फैलाउन खोजिरहेको उहाँले कडा रूपमा आलोचना गर्नुभयो ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ५ : ०६ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि