२०८३, ९ श्रावण आईतबार

एमालेमा ‘देखाइदिन्छु’ भन्ने भीम रावल आफैँ सकिए : महासचिव पोखरेल

एमालेमा ‘देखाइदिन्छु’ भन्ने भीम रावल आफैँ सकिए : महासचिव पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी नेतृत्त्वविरुद्ध विद्रोह गर्दै ‘पार्टी देखाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएका नेता भीम रावलको राजनीतिक हैसियत समाप्तप्रायः भएको दाबी गरेका छन्। आईतबार कञ्चनपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रावलको गतिविधि पार्टी हितविरुद्ध रहेको भन्दै उनी अब राजनीतिक रूपमा कमजोर भएको स्पष्ट पारे।

“मुलधारका दलमा विद्रोह गरेर ‘पार्टी देखाइदिन्छु’ भन्ने कुरा कार्यकर्ताले स्वीकार्दैनन्,” पोखरेलले भने, “यस्ता अराजकताले पार्टी निर्माणमा बाधा मात्रै पुर्‍याउँछ।” उनले थपे, “भीम रावलले पार्टी हित विपरीत गतिविधि गरेकाले पार्टीबाट बाहिरिनुपर्ने अवस्था आएको हो।”

महासचिव पोखरेलले नेकपा एमाले अहिले ‘मिशन ८४’ अन्तर्गत पुनः सशक्त राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको जानकारी दिँदै त्यसका लागि अनुशासन, संगठन र एकतामा बल दिनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार पार्टीविरुद्ध कार्य गर्ने जो–कोहीलाई अनुशासनको दायरामा ल्याउने र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने एमालेको रणनीति छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ३ : ५२ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक