२०८२, ७ माघ बुधबार

पूर्व राष्ट्रपतिको राजनीतिमा पुनरागमन उचित होइन : महासचिव पोखरेल

पूर्व राष्ट्रपतिको राजनीतिमा पुनरागमन उचित होइन : महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउनु अप्रत्याशित र अनुपयुक्त हुने बताएका छन् ।

आइतबार नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गदैँ राष्ट्रको अभिभावकीय भूमिकामा रहिसकेका व्यक्तिहरूलाई राजनीतिमा फर्काउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यताको विरुद्ध हुने जिकिर गरे ।

“राष्ट्रको अभिभावक, सेनाको परमाधिपति, सम्मानित पदमा पुगिसकेको व्यक्ति सबैको साझा व्यक्ति हुनुपर्छ,” पोखरेलले भने, “पूर्व राष्ट्रपतिबारे पार्टीमा लामो छलफलपछि यो निष्कर्षमा पुगेका छौं कि यस्तो व्यक्तिले फेरि राजनीतिक भूमिकामा फर्कनु उचित हुँदैन ।”

उनले यो निर्णय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका लागि मात्र नभई, भविष्यमा हुने यस्ता सम्भावनाहरूलाईसमेत ध्यानमा राखेर गरिएको स्पष्ट पारे ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ३ : ३६ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित