२०८२, १८ चैत्र बिहीबार

पूर्व राष्ट्रपतिको राजनीतिमा पुनरागमन उचित होइन : महासचिव पोखरेल

पूर्व राष्ट्रपतिको राजनीतिमा पुनरागमन उचित होइन : महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउनु अप्रत्याशित र अनुपयुक्त हुने बताएका छन् ।

आइतबार नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गदैँ राष्ट्रको अभिभावकीय भूमिकामा रहिसकेका व्यक्तिहरूलाई राजनीतिमा फर्काउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यताको विरुद्ध हुने जिकिर गरे ।

“राष्ट्रको अभिभावक, सेनाको परमाधिपति, सम्मानित पदमा पुगिसकेको व्यक्ति सबैको साझा व्यक्ति हुनुपर्छ,” पोखरेलले भने, “पूर्व राष्ट्रपतिबारे पार्टीमा लामो छलफलपछि यो निष्कर्षमा पुगेका छौं कि यस्तो व्यक्तिले फेरि राजनीतिक भूमिकामा फर्कनु उचित हुँदैन ।”

उनले यो निर्णय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका लागि मात्र नभई, भविष्यमा हुने यस्ता सम्भावनाहरूलाईसमेत ध्यानमा राखेर गरिएको स्पष्ट पारे ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ३ : ३६ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि