२०८२, २२ फाल्गुन शनिबार

स्थानीय भाषामा सूचना प्रवाह सुरु, एनटिभी वर्ल्ड असोज ३ मा लञ्च हुने सञ्चारमन्त्री गुरुङ

स्थानीय भाषामा सूचना प्रवाह सुरु, एनटिभी वर्ल्ड असोज ३ मा लञ्च हुने सञ्चारमन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय भाषाको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न माध्यमबाट सूचना प्रसारण सुरु गरिएको जानकारी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ३१औँ तामाङ प्रसारण दिवसको अवसरमा आयोजित तामाङ मिडिया अवार्ड वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सुदूरपश्चिमको डोटीमा डोटेली भाषामा र सुर्खेतमा खस भाषामा रेडियोमार्फत सूचना प्रसारण सुरु गरिएको बताए । “डोटीबाट डोटेली भाषा र सुर्खेतको रेडियोबाट खस भाषामा सूचना दिन सुरु गरेका छौँ,” मन्त्री गुरुङले भने, “भाषाको संरक्षण मात्र होइन, यसको विकासका लागि पनि काम गर्नुपर्छ। व्याकरण, साहित्य आदिको विकासका लागि कार्यक्रमहरू बनाउनु पर्छ ।” उनले स्थानीय भाषाको विकासमा मिडियाहरूले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। क्षेत्रीय स्तरमा हुने कामहरू क्षेत्रीयस्तरमै गर्न सकिन्छ उनले थपे ।

कार्यक्रममा मन्त्री गुरुङले संविधान दिवसको अवसरमा आगामी असोज ३ गते ‘एनटिभी वर्ल्ड’ को औपचारिक सुरुवात हुने घोषणा पनि गरे । “नेपाललाई केवल नेपालभित्र सीमित गरेर हेर्ने समय होइन । नेपाल त संसारको एउटा इकाइ हो,” उनले भने, “हामीले संसारभर नेपाली र अन्य दर्शकलाई देखाउन सक्नुपर्छ कि नेपाल कस्तो देश हो, कहिलेदेखि स्वतन्त्र हो, र यहाँको भाषा, संस्कृति कस्तो छ ।”

उनले नेपालमा सञ्चारमाध्यमको विकासका लागि आवश्यक नीति र ऐन अझैसम्म बन्न नसकेको कुरामा चिन्ता व्यक्त गरे। सो कमजोरीका कारण सञ्चार क्षेत्रमा देखिएका समस्याहरू समाधानमा ढिलाइ भइरहेको उनले स्वीकारे । कार्यक्रममा विभिन्न तामाङ सञ्चारकर्मीलाई सम्मान गरिनुका साथै मातृभाषामा सञ्चारको महत्व बारे छलफल पनि भएको थियो ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ३ : २४ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै