२०८२, १८ चैत्र बिहीबार

एमालेमा कुनै गुट छैन, पार्टी एकताबद्ध छ: सचिव भट्टराई

एमालेमा कुनै गुट छैन, पार्टी एकताबद्ध छ: सचिव भट्टराई


ताप्लेजुङ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा हाल कुनै गुटबन्दी नरहेको स्पष्ट पारेका छन् ।

प्रेस चौतारी ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पूर्ण एकताबद्ध रहेको बताए । भट्टराईले वर्तमान सरकार देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै गठित भएको र आगामी निर्वाचनसम्म यही सरकार रहने बताए। उनले सरकारको आर्थिक सुधार, कानुन संशोधन र विकासकार्यमा देखिएको प्रगतिको पनि प्रशंसा गरे ।

संविधान संशोधनका क्रममा स्थानीय तह र वडाको पुनर्संरचना तथा संवैधानिक आयोगको संख्या घटाउनुपर्ने उनको सुझाव छ। उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्ने प्रयास भइरहेको पनि उल्लेख गरे । भट्टराईले जिल्लामा रहेका र आउन लागेका विकास परियोजनामा कुनै अवरोध हुन नहुने कुरामा जोड दिएका छन् ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  २ : ४४ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि