२०८२, ६ माघ मंगलबार

एमालेमा कुनै गुट छैन, पार्टी एकताबद्ध छ: सचिव भट्टराई

एमालेमा कुनै गुट छैन, पार्टी एकताबद्ध छ: सचिव भट्टराई


ताप्लेजुङ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा हाल कुनै गुटबन्दी नरहेको स्पष्ट पारेका छन् ।

प्रेस चौतारी ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पूर्ण एकताबद्ध रहेको बताए । भट्टराईले वर्तमान सरकार देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै गठित भएको र आगामी निर्वाचनसम्म यही सरकार रहने बताए। उनले सरकारको आर्थिक सुधार, कानुन संशोधन र विकासकार्यमा देखिएको प्रगतिको पनि प्रशंसा गरे ।

संविधान संशोधनका क्रममा स्थानीय तह र वडाको पुनर्संरचना तथा संवैधानिक आयोगको संख्या घटाउनुपर्ने उनको सुझाव छ। उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्ने प्रयास भइरहेको पनि उल्लेख गरे । भट्टराईले जिल्लामा रहेका र आउन लागेका विकास परियोजनामा कुनै अवरोध हुन नहुने कुरामा जोड दिएका छन् ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  २ : ४४ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित