२०८२, १२ कार्तिक मंगलबार

प्रहरी प्रशासनको संरक्षणवादः पत्रकार कुट्ने वकिलहरू अझै उन्मुक्त, प्रधानमन्त्री ओलीको निर्देशनको अवज्ञा

प्रहरी प्रशासनको संरक्षणवादः पत्रकार कुट्ने वकिलहरू अझै उन्मुक्त, प्रधानमन्त्री ओलीको निर्देशनको अवज्ञा

धनुषा जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन


जनकपुर । लोकतन्त्रको चौथो अंग मानिने पत्रकारितामाथि खुलेआम आक्रमण हुँदा समेत प्रहरी प्रशासन तमासे बनेर बस्नु निन्दनीय मात्र होइन, खतरनाक संकेत हो । साउन २७ गते जनकपुरमा वकिलहरूको समूहमार्फत ६ जना पत्रकारमाथि भएको सामूहिक आक्रमणको घटनामा अहिलेसम्म एक जना दोषीसमेत पक्राउ नपर्नु प्रहरी प्रशासनको गम्भीर लापरबाही हो ।

प्रमुख प्रत्यक्षदर्शी, भिडियो प्रमाण, घाइतेको मेडिकल रिपोर्ट र जाहेरीको बाबजुद पनि मधेश प्रदेश प्रहरी प्रमुखदेखि जिल्ला प्रहरी कार्यालय धनुषासम्म सबै तहका सुरक्षा निकायहरू निर्लज्ज मौनता साँधेर बसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ जनकपुरमै बसेर दोषीमाथि तुरुन्त कारबाही गर्न निर्देशन दिँदासमेत प्रहरी प्रशासनले उल्टै दोषीहरूलाई संरक्षण दिएको प्रमाणित भएको छ।

प्रश्न उठ्छ – प्रहरी आखिर कुन शक्तिको दबाबमा चुप बसिरहेको छर ?

घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि अहिलेसम्म कसैमाथि कारबाही नभएको भन्दै दबाब सृजना गर्न आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले जानकारी दिए । उनले दोषीमाथि कारवाही नभए देशैभरका पत्रकार आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।

यस घटनामा वकिलहरू जस्तो संवैधानिक पेशामा आवद्ध व्यक्तिहरूले शारीरिक आक्रमण गरे पनि प्रहरी प्रशासनले उनीहरूलाई पेशा र प्रतिष्ठाको नाममा विशेष संरक्षण दिइरहेको देखिन्छ। यस्तो प्रवृत्तिले प्रहरीप्रति जनताको भरोसा समाप्त पार्नेछ। आज पत्रकार महासंघसहित दर्जनौं सञ्चारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि उभिएर नारा लगाउँदै सोधेका छन् –

प्रेस स्वतन्त्रता कायम गर !

दोषीलाई कारबाही गर !

कालो कोटे मुर्दाबाद !

पत्रकार कुट्न पाइँदैन !


प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  २ : ०२ बजे

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ