२०८२, १६ पुस बुधबार

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन


विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर समिति गठन गरिएको छ। शुक्रबार सम्पन्न भेलाले निशान्त ढुंगानालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

सात सदस्यीय नवगठित समितिको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल, कोषाध्यक्षमा सम्झना दाहाल र सदस्यहरूमा अन्य पदाधिकारी समावेश छन् । अध्यक्षमा निर्वाचित भएका ढुंगानालाई चौतारीका पदाधिकारी तथा सदस्यहरूले बधाई दिँदै उहाँको नेतृत्वमा समितिले उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा प्रेस चौतारीका सदस्य श्यासुन्दर सुतिहारका छोरा श्रेया शर्माले यस वर्षको एसईईमा ४.० जीपीए ल्याउन सफल भएकोमा विशेष बधाई प्रदान गरिएको थियो। भेलामा प्रेस चौतारी केन्द्रीय सचिव विक्रम लुईटेल, प्रदेश अध्यक्ष सुमन पुरी, नेकपा (एमाले) जिल्ला उपसचिव तथा प्रेस चौतारी इञ्चार्ज सन्तोष वान्तवा, नेकपा (एमाले) महानगर सचिव विज्ञान चापाँगाई, पत्रकार महासंघ जिल्ला सचिव नेत्र पी. अधिकारीसहित केन्द्र, प्रदेश तथा जिल्ला तहका पदाधिकारी र पत्रकारहरूको उपस्थिती थियो ।

आयोजकहरूले व्यस्त समयकाबीच पनि कार्यक्रममा सहभागी भई सहयोग र साथ दिएकोमा सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १० : ५३ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो