२०८२, २६ कार्तिक बुधबार

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि


काठमाडौं । डिएभी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जित्दै शानदार प्रदर्शन गरेको छ । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीबार सम्पन्न फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८४ रनको चुनौतीपूर्ण योगफल खडा ग¥यो । टोलीका स्टार खेलाडी प्रसिद्ध जैसीले १३ बलमा ३७ रनको आतिशी पारी खेले भने फरहान अन्सारीले ६ बलमा ११ रन जोडे। एलआरआईका कप्तान अभी थपलियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट झारे ।

८५ रनको लक्ष्य पछ्याएको एलआरआई मात्र ९.४ ओभरमै अलआउट हुँदै ३३ रनमै समेटियो। विपक्षीका बलर प्रसिद्ध जैसीले ३ विकेट तथा कमल शाहीले २ विकेट लिँदै डिएभीको जित सुनिश्चित गरे । एलआरआईतर्फ कप्तान अभीले ६ रन बनाए । विजेता डिएभीले ३० हजार रुपैयाँको नगद पुरस्कार हात पार्यो भने उपविजेता एलआरआईले १५ हजार रुपैयाँ प्राप्त ग¥यो। प्रतियोगितामा चम्किएका प्रसिद्ध जैसी ‘प्लेयर अफ द टुर्नामेन्ट’सहित उत्कृष्ट ब्याट्सम्यानको अवार्ड जित्न सफल भए ।

उनले प्रतियोगिता भरि १३५ रन बनाए र ८ विकेट लिँदै सर्वाधिक प्रभावशाली प्रदर्शन गरे । उत्कृष्ट बलरको उपाधि भने एलआरआईका कप्तान अभी थपलियाले पाए । विजयी खेलाडीलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कार वितरण गरेका थिए । चार दिनसम्म चलेको प्रतियोगितामा आयोजकको दुई टोलीसहित १५ टोलिले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १२ : २२ बजे

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि