२०८२, ७ माघ बुधबार

चीनका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओ अनुसन्धानका लागि नियन्त्रणमा

चीनका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओ अनुसन्धानका लागि नियन्त्रणमा


बेइजिङ । चीनका उच्चस्तरीय कूटनीतिज्ञ र सम्भावित भावी विदेशमन्त्री लिउ जियानचाओलाई चिनियाँ अधिकारीहरूले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छन् ।

जुलाईको अन्त्यमा विदेशी भ्रमणबाट बेइजिङ फर्किएपछि उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ६१ वर्षीय लिउ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुखको रूपमा कार्यरत थिए, जहाँ उनले विदेशका राजनीतिक दलहरूसँग सम्बन्ध व्यवस्थापन गर्ने जिम्मेवारी सम्हाल्दै आएका थिए । सन् २०२२ मा पदभार सम्हालेपछि उनले २० भन्दा बढी देश भ्रमण गरेका थिए र १६० भन्दा बढी देशका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । लिउको सक्रिय कूटनीतिक भूमिका, विशेषगरी वासिङ्टनमा अमेरिकी पूर्व विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसँगको भेटपछि उनी चीनका भावी विदेशमन्त्रीका रूपमा हेरिन थालेका थिए ।

उनीमाथिको अनुसन्धानको कारण सार्वजनिक गरिएको छैन । चिनियाँ अधिकारीहरूले पनि यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । यो घटनालाई सन् २०२३ मा विदेशमन्त्री छिन काङ पदमुक्त गरिएपछिको कूटनीतिक वृत्तमा सबैभन्दा ठूलो अनुसन्धानको रूपमा हेरिएको छ ।

लिउले बेलायत, इन्डोनेसिया र फिलिपिन्समा राजदूतका रूपमा सेवा गरिसकेका छन् । उनले बेइजिङ फरेन स्टडिज युनिभर्सिटी र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ९ : ४७ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित