२०८२, २३ फाल्गुन आईतबार

दिउँसो खनाल–गौतम भेटवार्ता, राति नेकपा एसको बैठक रद्दको सूचना

दिउँसो खनाल–गौतम भेटवार्ता, राति नेकपा एसको बैठक रद्दको सूचना


काठमाडौं । नेकपा एकीकृत समाजवादीको पूर्व निर्धारित वैठकहरु अचानक पछि सरेको छ । नेकपा एकीकृत समाजवादीले शनिबार राति ९ बजेतिर केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई ह्वाट्सएफमार्फत निर्धारित बैठक रद्द भएको सूचना पठाएको हो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पूर्व निर्धारित केन्द्रीय कमिटी, स्थायी र पोलिटब्युरो बैठक २० दिनपछि बस्ने संशोधित सूचना थियो पठाएको हो ।

पार्टी विभाजनको औचित्य पुष्टि नभएको अभिव्यक्तिपछि चर्चामा आएका सम्मानित नेता झलनाथ खनाललाई भेट्न तेस्रो वरियताका नेता वामदेव गौतम शनिवार नै खनाल निवास डल्लु पुगेका थिए । गौतम र सम्मानीत नेता खनालबीच झण्डै चार घण्टा लामो भेटवार्ता भएको थियो ।

उक्त भेटले आफूमाथि घेराबन्दी भएको महसुस गरेपछि अध्यक्ष नेपालले दिउँसै महासचिव घनश्याम भुसाललाई बैठक रद्द गर्न भनेका थिए । तर, उनले राति मिति संशोधन भएको सूचना उक्त पार्टीका केन्द्रीय नेतालाई समेटिएको ह्वाट्सएप ग्रुपमा पठाएका हुन् ।

‘यो कस्तो खेलाँची हो, बिहान ७–८ गते भन्ने, बेलुकी २७–२८’, केन्द्रीय सदस्य अम्बिका राईले प्रतिक्रिया दिइन्।पोलिटब्युरो सदस्य केशव विष्टले लेखे, ‘अपरिपक्वता देखिन्छ चाडपर्व परे नपरेको त हिजोको सूचना निकाल्दै हेर्नुपर्छ ।’

झलनाथका स्वकीय सचिव कृष्ण भट्टराई लेख्छन्, ‘अपरिपक्व निर्णय ।’ स्थायी कमिटी सदस्य परमानन्द भट्टले शीर्ष नेता नमिलेसम्म बैठक राख्न नहुने धारणा ग्रुपमा व्यक्त गरेका छन् । पछिल्लो समय पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीय नेता खनालबीच ‘वाकयुद्ध’ चलिरहेको छ । उनीहरु एकले अर्कालाई आरोप लगाउँदै पार्टी छोडेर जान समेत भनिरहेका छन् ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ८ : २८ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै