२०८२, १६ पुस बुधबार

ओली विनाको एमालेको कल्पना सम्भव छैन : पोलिटब्युरो सदस्य पाल

ओली विनाको एमालेको कल्पना सम्भव छैन : पोलिटब्युरो सदस्य पाल


कन्चनपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली विनाको एमाले र एमाले विनाको नेपालको कल्पना नै असम्भव भएको स्पष्ट संकेत गरेकी छन् प्रेस चौतरी नेपाल सुदुरपशिच्म प्रदेशको वैठ्क तथा प्रशिक्षण कार्यक्रम मा धारणा राख्दै पालले भनिन्, “केपी ओली विनाको एमाले, एमाले विनाको नेपाल र समृद्धि — यो सबै कल्पनाबाहिरको कुरा हो। यस्तो सपना कोही कसैले नदेखे हुन्छ।” उनको भनाइ अनुसार, अध्यक्ष ओलीकै नेतृत्वमा एमालेले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेको छ र आगामी दिनमा पनि त्यही नेतृत्व अपरिहार्य छ।

पोलिटब्युरो सदस्य पालले केन्द्रीय कमिटीको पछिल्लो निर्णयलाई ‘विधान महाधिवेशनको सार’ भन्दै त्यसमा सम्पूर्ण पार्टी पंक्तिको समर्थन आवश्यक रहेको बताइन्। “केन्द्रीय कमिटीको निर्णय नै विधान महाधिवेशनको सार हो, संकेत हो,” भन्दै उनले सबै एमाले कार्यकर्तालाई त्यसमा एकजुट हुन आह्वान गरिन्। उनको धारणा एमालेभित्र नेतृत्व र अनुशासनको विषयमा बढ्दो बहसबीच आएको हो। एमालेले चाँडै विधान महाधिवेशनको तयारी गरिरहेको सन्दर्भमा पालको यो वक्तव्य पार्टीको आधिकारिक लाइनलाई समर्थन गर्ने खालको देखिएको छ।

प्रकाशित मिति : २०८२, २३ श्रावण शुक्रबार  २ : १३ बजे

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई

काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको