२०८२, २३ फाल्गुन आईतबार

ओलीको दूरदर्शिता बुझ्न समय लाग्छ : लेखराज भट्ट

ओलीको दूरदर्शिता बुझ्न समय लाग्छ : लेखराज भट्ट


धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई छिटो बुझ्न कठिन हुने बताएका छन् । उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने जिकिर गरे ।

“नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो,” भट्टले भने, “ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन। म पनि उहाँलाई पढ्दैछु ।” उनले ओलीको सोच विशाल भएको उल्लेख गर्दै भने, “महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ। म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म।

त्यसैले उहाँकाे दृष्टि र कदम बुझ्न समय लाग्छ।” भट्टको यो भनाइ ओलीप्रति पूर्ण विश्वास व्यक्त गर्दै आएको हो, जुन एमालेभित्रको नेतृत्वमा निरन्तरता र विचारमा एकरूपताको सन्देश दिन खोजिएको बुझिन्छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी सुदृढीकरण अभियान चलाइरहेका भट्टले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, २३ श्रावण शुक्रबार  १ : ४१ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै