२०८२, १६ पुस बुधबार

ओलीको दूरदर्शिता बुझ्न समय लाग्छ : लेखराज भट्ट

ओलीको दूरदर्शिता बुझ्न समय लाग्छ : लेखराज भट्ट


धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई छिटो बुझ्न कठिन हुने बताएका छन् । उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने जिकिर गरे ।

“नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो,” भट्टले भने, “ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन। म पनि उहाँलाई पढ्दैछु ।” उनले ओलीको सोच विशाल भएको उल्लेख गर्दै भने, “महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ। म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म।

त्यसैले उहाँकाे दृष्टि र कदम बुझ्न समय लाग्छ।” भट्टको यो भनाइ ओलीप्रति पूर्ण विश्वास व्यक्त गर्दै आएको हो, जुन एमालेभित्रको नेतृत्वमा निरन्तरता र विचारमा एकरूपताको सन्देश दिन खोजिएको बुझिन्छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी सुदृढीकरण अभियान चलाइरहेका भट्टले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, २३ श्रावण शुक्रबार  १ : ४१ बजे

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई

काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको