२०८२, १३ कार्तिक बुधबार

प्रधानमन्त्री ओलीद्वारा भू आवद्ध मुलुकहरूको विकासका लागि दक्षिण-दक्षिण सहयोग सुदृढ गर्न चार बुँदे रणनीति प्रस्ताव

प्रधानमन्त्री ओलीद्वारा भू आवद्ध मुलुकहरूको विकासका लागि दक्षिण-दक्षिण सहयोग सुदृढ गर्न चार बुँदे रणनीति प्रस्ताव


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भू आवद्ध विकासशील मुलुकहरूको समुन्नत भविष्यका लागि दक्षिण दक्षिण सहयोगलाई सशक्त बनाउँदै चार बुँदे रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

बुधबार बिहान १० बजे सुरु भएको दक्षिण दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठक को उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भू आवद्ध मुलुकहरूको समृद्धि सुनिश्चित गर्न अन्तरराष्ट्रिय सहकार्य, क्षेत्रीय एकता, र प्रविधि रूपान्तरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, आजको प्रविधियुक्त र परस्पर जडानयुक्त विश्वमा भूगोलले मानवीय सम्भावनालाई अवरुद्ध गर्नु हुँदैन। तर, भू आवद्ध मुलुकहरूको लागि भौगोलिक सीमा अझै पनि संरचनात्मक बाधाका रूपमा रहेको छ।

चार बुँदे रणनीति प्रस्ताव

१.क्षेत्रीय एकता प्रवर्द्धनका लागि भौतिक र डिजिटल पूर्वाधारमा लगानी गर्न दक्षिण-दक्षिण तथा त्रिपक्षीय सहयोगलाई सुदृढ बनाउने।

२. सीमापार व्यापार र लगानीलाई सहज बनाउन व्यापार तथा पारवहन मार्गहरूको विकास, पूर्वाधार आधुनिकीकरण र भन्सार प्रक्रियाको समन्वय गर्ने।

३. भू-आवद्ध मुलुकहरूको पूर्वाधार परियोजनामा वित्त उपलब्ध गराउन विशेष ‘पूर्वाधार लगानी कोष (Infrastructure Investment Facility)’ स्थापना गर्ने।

४ . डिजिटल प्रविधिको उपयोग बढाउँदै, विश्व डिजिटल अर्थतन्त्रमा समावेशी सहभागिता सुनिश्चित गर्ने।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  १२ : ३९ बजे

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र