२०८२, १९ कार्तिक मंगलबार

आजको सागसब्जी तथा फलफूलको मूल्य यस्तो छ

आजको सागसब्जी तथा फलफूलको मूल्य यस्तो छ


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४३ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिला ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गाजर (तराई ) ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १८ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडी प्रतिकिलो ७० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५५ रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ५५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो ११० रुपैयाँ, तीतो करेला प्रतिकिलो २० रुपैयाँ, लौका प्रतिकिलो ४५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो  ५० रुपैयाँ, चिचिण्डो प्रतिकिलो २५ रुपैयाँ, घिरौला प्रतिकिलो ३५ रुपैयाँ, झिगुनी प्रतिकिलो ४५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिण्डी प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, पिँडालु प्रतिकिला ८० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायोसाग प्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो  २५० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १९० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १५० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १८० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो  २८० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १८५ रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १८५ रुपैयाँ, आँप (चोसा) १६० रुपैयाँ, मौसम प्रतिकिलो १४० रुपैयाँ, जुनार प्रतिकिलो  २२० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १० रुपैयाँ, रुखकटहर प्रति गोटा ४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ६० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, अम्बा प्रतिकिलो  २२० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  १० : ०२ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई