२०८२, १८ चैत्र बिहीबार

प्रतिनिधि सभाको बैठक बस्दै, औद्योगिक सम्पत्ति र भन्सार विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, औद्योगिक सम्पत्ति र भन्सार विधेयकमाथि छलफल हुने


काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा आज (बुधबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा दुई महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने कार्यक्रम छ। सो विधेयकले औद्योगिक सम्पत्तिको व्यवस्थापन, दर्ता र संरक्षणसम्बन्धी कानुनी आधार तयार गर्ने उद्देश्य राखेको छ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रिय सभाबाट भएका संशोधनहरूलाई प्रतिनिधि सभाले स्वीकार गर्ने प्रस्ताव पेश गर्ने छन्। सो विधेयकले भन्सार प्रणालीलाई थप प्रभावकारी बनाउने, राजस्व संकलन सुधार गर्ने तथा व्यापार सहज बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ८ : ०४ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि