२०८२, २३ फाल्गुन आईतबार

प्रधानमन्त्री ओलीको सहभागितामा एलएलडिसी सम्मेलन सुरु

प्रधानमन्त्री ओलीको सहभागितामा एलएलडिसी सम्मेलन सुरु


काठमाडौं । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजित भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन (एलएलडिसी ) सुरु भएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ ।

चार दिनसम्म चल्ने सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको हैसियतमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा उनले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता पनि गर्नेछन् ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा आइतबार राति अवाजा प्रस्थान गरेका थिए । सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील मुलुकहरूको सहभागिता रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा समुद्रमा प्रत्यक्ष पहुँच नभएका राष्ट्रहरूले सामना गरिरहेका समस्या, विशेष गरी पारवहन प्रक्रिया, पूर्वाधार अभाव, लामो दूरीको यातायात लागत, तथा अन्तर्राष्ट्रिय व्यापारमा पहुँचको कठिनाइ जस्ता विषयमा गहिरो छलफल हुनेछ ।

नेपाल हाल एलएलडिसी समूहको अध्यक्ष राष्ट्र हो । यस हिसाबले नेपालको भूमिका सम्मेलनमा विशेष छ। सम्मेलनले रणनीतिक साझेदारी र लगानी विस्तार गरी यी राष्ट्रहरूको आर्थिक र व्यापारिक क्षमताको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री ओलीले सम्मेलनको अवसरमा विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

समुद्रमा प्रत्यक्ष पहुँच नभएका कारण भूपरिवेष्ठित विकासशील देशहरू अझै पनि अन्तर्राष्ट्रिय बजारमा पूर्ण रुपमा प्रतिस्पर्धा गर्न नसकेको, खाद्य आपूर्ति र पूर्वाधार विकासमा चुनौती झेलिरहेको सन्दर्भमा यो सम्मेलनलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । सम्मेलनमार्फत यी राष्ट्रहरूले आफ्ना समस्या विश्व समुदायमा स्पष्ट रूपमा राख्न पाउने मात्र होइन, दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न आवश्यक सहकार्य, प्रविधि र स्रोतको पहुँच सुनिश्चित गर्ने दिशामा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, २० श्रावण मंगलबार  ११ : ४९ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै