२०८२, २३ फाल्गुन आईतबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, विधेयक र प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै, विधेयक र प्रतिवेदनमाथि छलफल हुने


काठमाडौं, । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकको कार्यसूचीमा महत्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

बैठकको प्रारम्भमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ का सन्दर्भमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । त्यसपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेल ले सार्वजनिक लेखा समितिको ३२औं वार्षिक प्रतिवेदन, २०८२ मा उल्लिखित सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ अनुसार स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरी ले राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि सार्ने सम्भावना रहेको कार्यसूचीमा उल्लेख छ । साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ले विश्व व्यापार संगठन (WTO) को मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

बैठकमा प्रस्तुत गरिने यी विधेयक र प्रस्तावहरूका विषयमा दलहरूबीच छलफल र निर्णय प्रक्रियाले आजको बैठकलाई महत्त्वपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ८ : ५९ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै