२०८२, १६ पुस बुधबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, विधेयक र प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै, विधेयक र प्रतिवेदनमाथि छलफल हुने


काठमाडौं, । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकको कार्यसूचीमा महत्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

बैठकको प्रारम्भमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ का सन्दर्भमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । त्यसपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेल ले सार्वजनिक लेखा समितिको ३२औं वार्षिक प्रतिवेदन, २०८२ मा उल्लिखित सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ अनुसार स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरी ले राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि सार्ने सम्भावना रहेको कार्यसूचीमा उल्लेख छ । साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ले विश्व व्यापार संगठन (WTO) को मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

बैठकमा प्रस्तुत गरिने यी विधेयक र प्रस्तावहरूका विषयमा दलहरूबीच छलफल र निर्णय प्रक्रियाले आजको बैठकलाई महत्त्वपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ८ : ५९ बजे

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १०.८७ अंकले

प्रदेशका ५ सांसद र स्थानीय तहका ८ पदाधिकारीले भोट हाल्न नपाउने

काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पाँच

दलहरूले समानुपातिक बन्दसूचीमा हेरफेर गर्न सक्छन्, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले पेश गरेको समानुपातिक निर्वाचन

लिङदेनको नेतृत्व स्वीकार्दै कमल थापा राप्रपामा फिर्ता, ६ बुँदे सहमतिपत्रमा एकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा