२०८२, १६ पुस बुधबार

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालद्वारा पुन : पार्टीमै फर्कने घोषणा

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालद्वारा पुन : पार्टीमै फर्कने घोषणा


काठमाडौँ । नेकपा (एमाले) रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पुनः एमालेमै फर्किने घोषणा गरेका छन् । केही समयअघि अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका ढकालले पार्टीमै पुनः सक्रिय हुने तयारी गरेका हुन् ।

टेलिभिजन अन्तरवार्तामा ढकालले आफूविरुद्ध चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नु परेको उल्लेख गरेका थिए । उनले पार्टी बैठकहरूमा सचिवस्तरीय नेताबाट चार पटकसम्म सांघातिक आक्रमण भएको गुनासो समेत गरेका थिए । पुनः फर्किनुअघि रसुवाका एमाले नेताहरु मकवानपुरको चित्लाङ अर्गानिक भिलेज रिसोर्टमा छलफलमा सहभागी भएका छन् ।

रसुवाका एमाले पदाधिकारीहरूका अनुसार ढकालले पुनः अध्यक्षकै हैसियतमा फर्किने तयारी गरेका छन् । पार्टीभित्रको असन्तोष समाधान गर्दै एकताको सन्देश दिन जनार्दन ढकाल पुनः एमाले नेतृत्वमा फर्कन लागेका हुन् ।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  १० : ३४ बजे

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो

न्यायाधीशमाथि धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १०.८७ अंकले