२०८२, २६ पुस शनिबार

आज पहिलोपटक मनाइँदैछ ‘राष्ट्रिय कोदो दिवस’ वार्षिक कोदो उत्पादन ३ लाख मेट्रिक टन नाघ्यो

आज पहिलोपटक मनाइँदैछ ‘राष्ट्रिय कोदो दिवस’ वार्षिक कोदो उत्पादन ३ लाख मेट्रिक टन नाघ्यो


काठमाडौं । नेपालको कृषि प्रणालीमा सदियौँदेखि महत्व राख्दै आएको परम्परागत अन्नबाली कोदो आज पनि लाखौँ किसानका लागि जीवन निर्वाहको प्रमुख आधार बनेको छ । नेपालमा हाल वार्षिक औसत ३ लाख ४ हजार मेट्रिक टन कोदो उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मुख्यतः पहाडी भेगहरू – खासगरी भोजपुर, सङ्खुवासभा, ओखलढुंगा, रामेछाप, डोलखा, रोल्पा, रुकुम, जाजरकोट, सल्यान, बागलुङ, म्याग्दी, डढेल्धुरा, बाजुरा लगायतका जिल्लाहरू कोदो उत्पादनमा अगाडि छन् ।

कोदोको पोषणीय र पर्यावरणीय महत्त्व
कोदो कार्बोहाइड्रेट, फाइबर, आइरन, क्याल्सियम, भिटामिन बी समूह लगायतका पोषकतत्वले भरिपूर्ण हुन्छ। यसले मधुमेह नियन्त्रणमा, मोटोपना घटाउन तथा पाचनप्रणाली बलियो बनाउन सघाउ पुर्याउने वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।

कोदो ग्लुटेन(फ्री अन्न भएकाले एलर्जी भएका व्यक्तिहरूका लागि समेत सुरक्षित खाद्य विकल्प हो, पोषणविद् डा.सीमा पोखरेल भन्छिन् । साथै, कोदो उत्पादनमा रासायनिक मल, विषादी र सिंचाइको कम आवश्यकता पर्ने भएकाले जलवायु अनुकूल खेतीमा यसको विशेष महत्व छ। यसले हरितगृह ग्यास उत्सर्जन न्यून पार्न भूमिका खेल्ने विज्ञहरूले बताएका छन् ।

किसान र आत्मनिर्भरताको सन्दर्भमा
कोदो साना किसानहरूको लागि आयको स्रोत मात्रै नभई खाद्य सुरक्षाको पनि ग्यारेन्टी हो । नेपालमा अहिले पनि हजारौँ किसान वर्षमा एकपटक कोदो रोपेर परिवारको खाद्य आवश्यकता पुरा गर्दै आएका छन् । तर पछिल्ला वर्षहरूमा यसको उत्पादन स्थिर हुँदा र बजार व्यवस्थापन कमजोर हुँदा आयात बढ्दो क्रममा छ । कृषि विभागका अनुसार २०८१र८२ मा मात्रै ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको छ ।

आज पहिलोपटक मनाइँदैछ राष्ट्रिय कोदो दिवस
सरकारले साना किसानको हित, पोषण सुरक्षा र जलवायु स्थायित्वलाई मध्यनजर गर्दै साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस को रूपमा मनाउन थालेको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधारू भन्ने नारासहित विविध कार्यक्रम हुँदैछन्। विशेष कार्यक्रम भक्तपुरको ताथलीमा आयोजना हुँदैछ, जहाँ कोदो रोपाइँ, कृषक सम्मान र कोदोजन्य परिकार प्रदर्शनी गरिनेछ ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ११ : ४७ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,