२०८२, २२ चैत्र सोमबार

आज पहिलोपटक मनाइँदैछ ‘राष्ट्रिय कोदो दिवस’ वार्षिक कोदो उत्पादन ३ लाख मेट्रिक टन नाघ्यो

आज पहिलोपटक मनाइँदैछ ‘राष्ट्रिय कोदो दिवस’ वार्षिक कोदो उत्पादन ३ लाख मेट्रिक टन नाघ्यो


काठमाडौं । नेपालको कृषि प्रणालीमा सदियौँदेखि महत्व राख्दै आएको परम्परागत अन्नबाली कोदो आज पनि लाखौँ किसानका लागि जीवन निर्वाहको प्रमुख आधार बनेको छ । नेपालमा हाल वार्षिक औसत ३ लाख ४ हजार मेट्रिक टन कोदो उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मुख्यतः पहाडी भेगहरू – खासगरी भोजपुर, सङ्खुवासभा, ओखलढुंगा, रामेछाप, डोलखा, रोल्पा, रुकुम, जाजरकोट, सल्यान, बागलुङ, म्याग्दी, डढेल्धुरा, बाजुरा लगायतका जिल्लाहरू कोदो उत्पादनमा अगाडि छन् ।

कोदोको पोषणीय र पर्यावरणीय महत्त्व
कोदो कार्बोहाइड्रेट, फाइबर, आइरन, क्याल्सियम, भिटामिन बी समूह लगायतका पोषकतत्वले भरिपूर्ण हुन्छ। यसले मधुमेह नियन्त्रणमा, मोटोपना घटाउन तथा पाचनप्रणाली बलियो बनाउन सघाउ पुर्याउने वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।

कोदो ग्लुटेन(फ्री अन्न भएकाले एलर्जी भएका व्यक्तिहरूका लागि समेत सुरक्षित खाद्य विकल्प हो, पोषणविद् डा.सीमा पोखरेल भन्छिन् । साथै, कोदो उत्पादनमा रासायनिक मल, विषादी र सिंचाइको कम आवश्यकता पर्ने भएकाले जलवायु अनुकूल खेतीमा यसको विशेष महत्व छ। यसले हरितगृह ग्यास उत्सर्जन न्यून पार्न भूमिका खेल्ने विज्ञहरूले बताएका छन् ।

किसान र आत्मनिर्भरताको सन्दर्भमा
कोदो साना किसानहरूको लागि आयको स्रोत मात्रै नभई खाद्य सुरक्षाको पनि ग्यारेन्टी हो । नेपालमा अहिले पनि हजारौँ किसान वर्षमा एकपटक कोदो रोपेर परिवारको खाद्य आवश्यकता पुरा गर्दै आएका छन् । तर पछिल्ला वर्षहरूमा यसको उत्पादन स्थिर हुँदा र बजार व्यवस्थापन कमजोर हुँदा आयात बढ्दो क्रममा छ । कृषि विभागका अनुसार २०८१र८२ मा मात्रै ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको छ ।

आज पहिलोपटक मनाइँदैछ राष्ट्रिय कोदो दिवस
सरकारले साना किसानको हित, पोषण सुरक्षा र जलवायु स्थायित्वलाई मध्यनजर गर्दै साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस को रूपमा मनाउन थालेको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधारू भन्ने नारासहित विविध कार्यक्रम हुँदैछन्। विशेष कार्यक्रम भक्तपुरको ताथलीमा आयोजना हुँदैछ, जहाँ कोदो रोपाइँ, कृषक सम्मान र कोदोजन्य परिकार प्रदर्शनी गरिनेछ ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ११ : ४७ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको